• २०८३ कार्तिक ७ | Fri, 23 Oct 2026

  • त्रिविले ल्यायो ३० अर्ब ८७ करोडको बजेट, सञ्चालन खर्चमै ८६ प्रतिशत रकम छुट्ट्याइयो

    त्रिविले ल्यायो ३० अर्ब ८७ करोडको बजेट, सञ्चालन खर्चमै ८६ प्रतिशत रकम छुट्ट्याइयो

    काठमाडौँ— त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आर्थिक वर्ष २०८३/८४ का लागि झन्डै ३१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। त्रिविले आज नीति तथा कार्यक्रमसँगै कुल ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट घोषणा गरेको हो, जुन अघिल्लो आर्थिक वर्ष २०८२/८३ को २८ अर्ब १२ करोड ५७ लाख २१ हजार रुपैयाँको तुलनामा ९.७७ प्रतिशतले बढी हो।

    विगतका वर्षहरूमा साउन महिनामै बजेट ल्याउने गरे पनि यस वर्ष सिनेटर (सभा सदस्य) नियुक्तिमा ढिलाइ भएका कारण बजेट सार्वजनिक गर्न केही समय लागेको त्रिविले जनाएको छ।

    घोषित बजेटमध्ये ४९.३८ प्रतिशत अर्थात् १५ अर्ब २४ करोड २७ लाख ५ हजार रुपैयाँ त्रिविको आन्तरिक स्रोतबाट र ५०.६२ प्रतिशत अर्थात् १५ अर्ब ६२ करोड ८४ लाख ३ हजार रुपैयाँ नेपाल सरकारको बजेटबाट व्यहोरिने प्रस्ताव गरिएको छ। जसअन्तर्गत नेपाल सरकारले चालु आर्थिक वर्षका लागि त्रिविलाई ७ अर्ब ३१ करोड ६ लाख ५६ हजार रुपैयाँ अनुदान विनियोजन गरेको छ।

    कुल बजेटको दायरा हेर्दा अधिकांश हिस्सा प्रशासनिक तथा दैनिक सञ्चालन खर्चमै जाने देखिन्छ। त्रिविले कुल बजेटको ८६.१४ प्रतिशत रकम सञ्चालन खर्चका लागि र बाँकी १३.८६ प्रतिशत रकम मात्र पुँजीगत खर्चतर्फ छुट्ट्याएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ आश्विन २२, बिहीबार ०७:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP