कोहलपुर (बाँके) — बाँकेको कोहलपुर नगरपालिका-३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन जना मजदुरको ज्यान गएको छ।
मृत्यु हुनेमा कोहलपुर नगरपालिका-३ का ४० वर्षीय कालु थारू, २६ वर्षीय प्रकाश थारू र ३३ वर्षीय बिर्जा थारू रहेका छन्।
प्रहरीका अनुसार स्थानीय दयाप्रसाद थारूको घरको आँगनमा निर्माणाधीन सेप्टिक ट्याङ्कीभित्र आज बिहान करिब ९ बजे उनीहरू फसेका थिए। घटनालगत्तै खटिएको प्रहरी टोलीले डोजर (जेसीबी) को प्रयोग गरी ट्याङ्की फुटाएर उद्धार गर्दा तीनै जना मृत अवस्थामा भेटिएका हुन्।
मृतक तीनै जनाको शव परीक्षणका लागि नेपालगन्जस्थित भेरी अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।
प्रतिक्रिया