• २०८३ भाद्र १० | Wed, 26 Aug 2026

  • सुनसरी घटनापछि सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक शुरू

    सुनसरी घटनापछि सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक शुरू

    काठमाडौँ। काठमाडौँको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक शुरू भएको छ। देशमा पछिल्लो समय विकसित घटनाक्रम र समसामयिक सुरक्षा अवस्थाबारे समीक्षा गर्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बैठक बोलाउनुभएको हो।

    प्रधानमन्त्री शाहको अध्यक्षतमा बसेको उक्त बैठकमा देशको पछिल्लो शान्ति-सुरक्षा स्थिति र उत्पन्न चुनौतीका विषयमा गहन छलफल भइरहेको बताइएको छ।विशेष गरी सुनसरीमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि उत्पन्न परिस्थितिले समग्र सामाजिक सद्भाव र सुरक्षा व्यवस्थामा असर पुर्‍याउन थालेपछि सरकार दबाबमा परेको छ। सोही पृष्ठभूमिमा राष्ट्रिय सुरक्षाका दृष्टिले अपनाउनुपर्ने थप कदमबारे रणनीति तय गर्न बैठक केन्द्रित रहेको छ।

    नेपालको संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति र रक्षा मन्त्रालयका सचिव सदस्य रहने प्रावधान छ।



    radiomirmire radiomirmire    
  • २०८३ श्रावण १४, बिहीबार ०७:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP