उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम जनताको सरकार चलाउने बताएका छन्। बुधबार पार्टीको बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कायक्रममा अध्यक्ष घिसिङले हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा उज्यालो नेपाललाई सडकमा बसेर आम जनताको सरकार चलाउने म्याण्डेड प्राप्त भएको बताएका हुन् ।
अब सडकको सरकार उज्यालो नेपालको हुने भन्दै उनले सडकबाट देशलाई समृद्धितर्फ लैजान सशक्त भूमिका निर्वाह गर्ने उल्लेख गरे । उनले नयाँ सरकारको राम्रा कामको समर्थन र नराम्रा कामको खबरदारी गर्दै अघि बढ्ने धारणा राखे ।
अध्यक्ष घिसिङले प्रतिनिधिसभा निर्वाचनमा देशैभरिबाट उम्मेदवारी दिएर पनि जित्न नसक्दा पनि हारेर पनि जितेको महसुस गरेको बताए।
देशमा स्थायित्वको लागि भएको निर्वाचनमा जनताले एउटा दललाई करिब दुई तिहाईको मत दिनु महत्वपूर्ण विषय भएको उनको भनाइ छ ।
प्रतिक्रिया