• २०८३ बैशाख ८ | Tue, 21 Apr 2026

  • प्रतिनिधिसभा नियमावली निर्माण अन्तिम चरणमा: आज सभामुखलाई प्रतिवेदन बुझाइँदै

    प्रतिनिधिसभा नियमावली निर्माण अन्तिम चरणमा: आज सभामुखलाई प्रतिवेदन बुझाइँदै

    प्रतिनिधिसभाको आगामी बजेट अधिवेशनलाई लक्षित गरी नियमावली फाइनल गर्ने प्रक्रियाले तीव्रता पाएको छ। सांसद गणेश पराजुली संयोजक रहेको १५ सदस्यीय मस्यौदा समितिले आफ्नो कार्य सम्पन्न गरी आज अपरान्ह सभामुख डीपी अर्याललाई प्रतिवेदन बुझाउन समय लिएको हो।

    सभामुखले उक्त मस्यौदाको अन्तिम रुजु गरेपछि मात्र नियमावलीले पूर्णता पाउनेछ। मस्यौदामाथि आजै अन्तिम निर्णय हुने सम्भावना रहेको स्रोतले जनाएको छ। प्रतिनिधिसभाको सञ्चालन, संसदीय समितिहरूको गठन र समग्र कामकारबाहीलाई थप प्रभावकारी र चुस्त बनाउन यो नियमावली निर्माण गरिएको हो।

    सदनको कामलाई व्यवस्थित र परिणाममुखी बनाउने गरी नियमावली परिमार्जन गर्ने जिम्मेवारी पराजुली नेतृत्वको समितिलाई दिइएको थियो। बजेट अधिवेशन सुरु हुनुअगावै नियमावली पारित भएमा संसदको कार्यतालिका र अन्य संसदीय प्रक्रिया अघि बढाउन मार्गप्रशस्त हुने देखिएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ बैशाख ८, मंगलवार ०८:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP