७ मंसिर २०८३,
काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ।
नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको उक्त वार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृत बहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चल नाथ पाण्डेलगायतका उच्च अधिकारीहरू सहभागी थिए।
त्यसैगरी, भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्री मोदीका प्रधान सचिवद्वय डा. पी. के. मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला तथा अतिरिक्त सचिव मनु महावरलगायतको सहभागिता रहेको थियो।
वार्ताका क्रममा दुई देशबीच के–कस्ता विषयमा छलफल र सहमति भए भन्ने विस्तृत विवरण आउन बाँकी छ।
प्रतिक्रिया