• २०८३ मंसिर ८ | Mon, 23 Nov 2026

  • प्रधानमन्त्री शाहको भारत भ्रमण टोलीबाट निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे अन्तिम समयमा हटाइए

    प्रधानमन्त्री शाहको भारत भ्रमण टोलीबाट निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे अन्तिम समयमा हटाइए

    काठमाडौँ, मंसिर ५, २०८३

    नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेलाई अन्तिम समयमा प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको व्यावसायिक प्रतिनिधिमण्डलबाट हटाइएको छ। परराष्ट्र मन्त्रालयले मंसिर ४ गते नै पत्र पठाएर विशेष परिस्थिति र स्थान अभावका कारण पाण्डेलाई भ्रमण दलमा सहभागी गराउन नसकिएको जानकारी गराएको हो।

    यसअघि परराष्ट्र मन्त्रालयले मंसिर ३ गते अध्यक्ष पाण्डेलाई औपचारिक पत्र पठाउँदै भारत भ्रमणको ‘बिजनेस डेलिगेसन’ सदस्यका रूपमा मनोनयन गरिएको जानकारी दिएको थियो। तर, मनोनयन गरेको भोलिपल्टै मन्त्रालयले उक्त निर्णय रद्द गरेको हो।

    पाण्डेलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्रालयले पठाएको पत्रमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूबाट मिति २०८३ मंसिर ६–७ गतेसम्म हुने भारतको राजकीय भ्रमणमा यहाँलाई यसअघि उल्लेखित पत्रबाट बिजनेस डेलिगेसनको सदस्यका रूपमा मनोनयन गरिएकामा विशेष परिस्थितिले स्थान अभावका कारण समावेश गर्न नसकिएको हुँदा उक्त मनोनयन रद्द गरिएको बेहोरा अनुरोध छ।’

    प्रधानमन्त्री शाहको भोलि (मंसिर ६ गते) देखि सुरु हुने दुईदिने भारत भ्रमणका क्रममा निजी क्षेत्रका तर्फबाट ५२ सदस्यीय व्यावसायिक प्रतिनिधिमण्डल नयाँ दिल्ली जाँदै छ। विगतका प्रधानमन्त्रीहरूको विदेश भ्रमणमा जस्तै यसपटक पनि व्यावसायिक प्रतिनिधिमण्डलमा सहभागी हुने सबै सदस्यहरू निजी खर्चमै भारत भ्रमणमा जान लागेका हुन्।



    radiomirmire radiomirmire    
  • २०८३ मंसिर ६, शनिबार ०५:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP