• २०८३ मंसिर ८ | Mon, 23 Nov 2026

  • एनपीएल तेस्रो संस्करणको फाइनल आज : उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै

    एनपीएल तेस्रो संस्करणको फाइनल आज : उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै

    काठमाडौँ, मंसिर ५, २०८३

    नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि भिडन्तमा आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेल शनिबार साँझ ५:०० बजेदेखि सुरु हुनेछ।

    साविक विजेता लुम्बिनी लायन्स लगातार दोस्रोपटक उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदान उत्रिँदैछ। गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई नै पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको थियो।

    यता, लगातार तेस्रोपटक फाइनलमा पुगेको सुदूरपश्चिम रोयल्स भने अघिल्ला हारको बदला लिँदै पहिलोपटक एनपीएल च्याम्पियन बन्ने योजनामा छ। सुदूरपश्चिम पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग र दोस्रो संस्करणमा लुम्बिनीसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।

    एनपीएलको इतिहासमा लुम्बिनी र सुदूरपश्चिमबीच हालसम्म पाँच खेलमा भेट भएको छ, जसमा लुम्बिनीले तीन र सुदूरपश्चिमले दुई खेलमा जित निकालेका छन्।



    radiomirmire radiomirmire    
  • २०८३ मंसिर ६, शनिबार ०५:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP