७ मंसिर २०८३,
काठमाडौँ । दुई दिने राजकीय भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच उपहार आदानप्रदान भएको छ ।
नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सोमबार आयोजित विशेष भेटवार्ताका क्रममा दुवै देशका प्रधानमन्त्रीले एकअर्कालाई सांस्कृतिक तथा धार्मिक महत्त्वका उपहार प्रदान गरेका हुन् ।
भेटका क्रममा भारतीय प्रधानमन्त्री मोदीले त्रिवेणीको गंगाजलसहितको कलश प्रधानमन्त्री शाहलाई हस्तान्तरण गरेका थिए । लगत्तै, प्रधानमन्त्री शाहले पनि पशुपतिनाथ मन्दिरको पवित्र रुद्राक्ष र चन्दन समकक्षी मोदीलाई उपहारस्वरूप प्रदान गरेका थिए ।
प्रतिक्रिया