• २०८३ आश्विन २३ | Fri, 09 Oct 2026

  • भोटेकोसी बाढीः हराइरहेका कर्मचारीको खोजी तीव्र, ऊर्जा क्षेत्रमा पौने ४ खर्बभन्दा बढीको क्षति

    भोटेकोसी बाढीः हराइरहेका कर्मचारीको खोजी तीव्र, ऊर्जा क्षेत्रमा पौने ४ खर्बभन्दा बढीको क्षति

    काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोसी बाढीपछि बेपत्ता भएका जलविद्युत् आयोजनाका कर्मचारीहरूको निरन्तर खोजी भइरहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बाढीबाट भएको क्षति, उद्धारका प्रयास र भावी योजनाबारे जानकारी गराउँदै मन्त्री श्रेष्ठले सुरूङभित्र हराइरहेका मानिसहरूको नेपाली सेना र विदेशी विज्ञको समन्वयमा खोजी कार्य जारी रहेको स्पष्ट पारे।

    बाढीका कारण नेपाल विद्युत् प्राधिकरण र विभिन्न निजी जलविद्युत् आयोजनाका गरी करिब ९०० जना मानिस हराइरहेका छन्।

    संसद्‌मा बोल्दै मन्त्री श्रेष्ठले भने, “सम्भावनाको अन्तिम ढोकासम्म खोज तथा उद्धारका निम्ति सम्पूर्ण सामर्थ्य परिचालन गरेका छौँ। अहिलेको हाम्रो पहिलो दायित्व खोज-उद्धारलाई निरन्तरता दिनु, घाइतेको उपचार गर्नु, विस्थापित परिवारको पुनःस्थापना र क्षतिग्रस्त विद्युत्, सडक, पुल लगायतका पूर्वाधारको शीघ्र पुनर्निर्माण गर्नु हो। पीडाको यो घडीमा सरकार नागरिकसँगै छ। आँखा रसाएका छन्, तर आशा मरेको छैन; घाउ गहिरो भए पनि मल्हम लगाउन निरन्तर प्रयत्नशील छौँ।”

    मन्त्री श्रेष्ठका अनुसार बाढीका कारण कुल ११ वटा जलविद्युत् आयोजना बन्द भएका छन्। त्यसै गरी, निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत १ हजार ४३३ जनामध्ये ९५५ जनाको सकुशल उद्धार गरिएको उनले जानकारी दिए।

    प्रारम्भिक मूल्याङ्कन अनुसार समग्र ऊर्जा क्षेत्रको पुनरुत्थान तथा पुनर्निर्माणका लागि तीन खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

    यसैबिच, राष्ट्रसेवाका क्रममा बाढीबाट बेपत्ता वा सम्पर्कविहीन भएका विद्युत् प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल रु ५ लाख राहत रकम उपलब्ध गराउने र ६ महिनासम्म आधा (५० प्रतिशत) तलब प्रदान गर्ने निर्णय सरकारले गरेको छ।



    radiomirmire radiomirmire    
  • २०८३ आश्विन ७, बुधबार ०८:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP