• २०८३ भाद्र १० | Wed, 26 Aug 2026

  • भीमफेदी स्कारपियो दुर्घटना : रजिस्ट्रार तारादत्त बडुकी पत्नी लक्ष्मीको निधन, मुख्य न्यायाधीशसहित तीन घाइते काठमाडौंमा उपचाररत

    भीमफेदी स्कारपियो दुर्घटना : रजिस्ट्रार तारादत्त बडुकी पत्नी लक्ष्मीको निधन, मुख्य न्यायाधीशसहित तीन घाइते काठमाडौंमा उपचाररत

    हेटौंडा। मकवानपुरको भीमफेदीमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएकी लक्ष्मी बडुको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ। उच्च अदालत वीरगञ्जका रजिस्ट्रार तारादत्त बडुकी ४९ वर्षीया पत्नी लक्ष्मीको सैनिक अस्पताल छाउनीमा निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।

    काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो मंगलबार बिहान भीमफेदी गाउँपालिका–६ जुरीखेलस्थित सडकबाट अनियन्त्रित भई करिब ६० मिटर तल खोल्सामा खसेको थियो।

    दुर्घटनालगत्तै गम्भीर घाइते भएका चार जनालाई बिहान सवा ९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं लगिएको थियो। बिहान १०:०४ बजे छाउनी अस्पताल पुर्‍याइएकी लक्ष्मीको उपचारकै क्रममा १०:२९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव हाल छाउनी अस्पतालमै राखिएको छ।

    सेनाको हेलिकप्टरबाटै काठमाडौं ल्याइएका उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रितेन्द्र बडु र रिता बडुको छाउनी अस्पतालमा उपचार भइरहेको छ। यस्तै, दुर्घटना लगत्तै स्कारपियो चालक छुनिलाल चौधरी र रजिस्ट्रार तारादत्त बडुलाई भने प्राथिमक उपचारपछि थप उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र २, मंगलवार ०६:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP