• २०८३ कार्तिक ७ | Fri, 23 Oct 2026

  • पार्टी एकताका लागि किशोरसिंह राठौरद्वारा कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता, गगन र श्यामकृष्णबीच प्रतिस्पर्धा हुने

    पार्टी एकताका लागि किशोरसिंह राठौरद्वारा कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता, गगन र श्यामकृष्णबीच प्रतिस्पर्धा हुने

    नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले पार्टी सभापति पदका लागि दिएको आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। बुधबार दिउँसो राष्ट्रिय सभागृहमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले उम्मेदवारी फिर्ताको घोषणा गरेका हुन्।

    विशेष परिस्थिति र संकटको समयमा हुन लागेको महाधिवेशनमा पार्टीको बृहत्तर एकता कायम राख्न सभापतिको अनुरोध अनुसार आफूले मनोनयन फिर्ता लिएको उनले स्पष्ट पारेका छन्। राठौरले मङ्गलबार साँझ मनोनयन दर्ताको अन्तिम समयमा सभापति पदमा उम्मेदवारी दिएका थिए। लोकतान्त्रिक प्रणालीमा कुनै पनि नेता निर्विरोध निर्वाचित हुन नहुने धारणा राख्दै आएका उनले पार्टी हितलाई मध्यनजर गर्दै यो निर्णय लिएको बताए।

    राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै अब नेपाली कांग्रेसको नयाँ सभापतिका लागि गगन थापा र श्यामकृष्ण खड्कीबीच प्रतिस्पर्धा हुने भएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ आश्विन २१, बुधबार १०:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP