• २०८२ फाल्गुन २० | Wed, 04 Mar 2026

  • एमालेले बोलायो विघटित संसदीय दलको बैठक

    एमालेले बोलायो विघटित संसदीय दलको बैठक

    २४ कात्तिक, काठमाडौं । नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक बोलाएको छ ।

    ‘मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न’ बैठक राखिएको एमालेका नेता महेश बर्तौलाले जानकारी दिए ।

    संसदीय दलको बैठक आगामी मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा पनि बर्तौलाले प्रमुख सचेतकको हैसियतमा बैठक बोलाएका छन् ।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक २४, सोमबार ०६:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP