• २०८३ कार्तिक ७ | Fri, 23 Oct 2026

  • नेपालमा लगातारको वर्षा: पोखरा, भैरहवा र सिमराको हवाई उडान अवरुद्ध, अन्तर्राष्ट्रिय उडान नियमित

    नेपालमा लगातारको वर्षा: पोखरा, भैरहवा र सिमराको हवाई उडान अवरुद्ध, अन्तर्राष्ट्रिय उडान नियमित

    निरन्तर भइरहेको वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने केही आन्तरिक हवाई उडानहरू प्रभावित भएका छन्। प्रतिकूल मौसमका कारण काठमाडौँबाट पोखरा, भैरहवा र सिमरातर्फका उडान रोकिएका हुन्।

    त्रिभुवन विमानस्थल कार्यालयको हटलाइनबाट प्राप्त जानकारीअनुसार तीनवटा गन्तव्य (पोखरा, भैरहवा र सिमरा) को उडान रोकिए पनि बाँकी अन्य आन्तरिक विमानस्थलहरूमा भने उडान तालिकाअनुसार नै नियमित रूपमा भइरहेको छ।

    त्यसैगरी, वर्षाको असर अन्तर्राष्ट्रिय उडानमा भने परेको छैन। विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रियतर्फका उडानहरू सामान्य र नियमित रूपमा सञ्चालन भइरहेका छन्



    radiomirmire radiomirmire    
  • २०८३ आश्विन ९, शुक्रबार ०६:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP