• २०८३ कार्तिक ७ | Fri, 23 Oct 2026

  • पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारीमाथि सांसद ढुंगानाको आपत्ति: ‘सरकार निरङ्कुशतातर्फ उन्मुख’

    पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारीमाथि सांसद ढुंगानाको आपत्ति: ‘सरकार निरङ्कुशतातर्फ उन्मुख’

    नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले बालेन सरकार निरङ्कुश र स्वेच्छाचारी शैलीमा अघि बढेको आरोप लगाएका छन्। सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद ढुंगानाले बिनापुर्जी र मध्यरातमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाए। लोकतन्त्रमा पनि पञ्चायतकालमा जस्तै सिभिल ड्रेसमा आएर जानकारी बिना मानिस पक्राउ पर्नुले कानुनको शासनको धज्जी उडाएको र यसले पञ्चायती शासनकै पुनरावृत्ति गराएको उनले टिप्पणी गरे।

    दुई तिहाइको दम्भमा सरकारले स्वेच्छाचारी निर्णयहरू गरिरहेको उल्लेख गर्दै सांसद ढुंगानाले पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी र अन्य समसामयिक विषयमा प्रधानमन्त्री तथा गृहमन्त्रीले सदनमा तत्काल जवाफ दिनुपर्ने माग गरे। सरकारले सुशासनको नारा भजाए पनि व्यवहारमा हुकुमी शासन लाद्न खोजेको र बाढीपीडितका समस्या एवं पछिल्ला प्राकृतिक विपद्का घटनाहरूमा पूर्ण रूपमा मौन बसेको उनले बताए। शून्य समयमा उठाइएका जनसरोकारका विषयको सुनुवाइ नभएकोमा असन्तुष्टि जनाउँदै उनले सरकार निरङ्कुशतातर्फ अघि बढे देश गम्भीर दुर्घटनामा फस्ने चेतावनी दिए। लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली जनता र युवा पुस्ता बलिदान दिन पनि तयार रहेको भन्दै उनले सरकारलाई समयमै सच्चिन आग्रह गरे।



    radiomirmire radiomirmire    
  • २०८३ आश्विन १२, सोमबार ०९:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP