• २०८३ बैशाख १६ | Wed, 29 Apr 2026

  • मूल्यवृद्धिको पूर्वसूचना चुहाएर इन्धनमा चलखेल: बिदाको बहानामा अस्वाभाविक बिक्री

    मूल्यवृद्धिको पूर्वसूचना चुहाएर इन्धनमा चलखेल: बिदाको बहानामा अस्वाभाविक बिक्री

    काठमाडौँ: नेपाल आयल निगमको व्यवस्थापन र पम्प सञ्चालकहरूले मूल्यवृद्धिको पूर्वसूचनाका आधारमा अस्वाभाविक रूपमा इन्धन बिक्री गरी लाभ लिएको पाइएको छ । १५ अप्रिल (२ वैशाख) मा इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची आउने र त्यसमा मूल्य बढ्ने निश्चित प्रायः भएपछि अघिल्लो दिनदेखि नै ठुलो परिमाणमा इन्धन बजारमा पठाइएको तथ्यांकले देखाउँछ । निगमले ३० चैतमा मात्रै ४३ लाख ७२ हजार लिटर पेट्रोल र ७६ लाख ७४ हजार लिटर डिजेल बिक्री गरेको छ, जुन सामान्य दैनिक खपतको तुलनामा झन्डै दोब्बर हो ।

    यद्यपि, निगम प्रशासनले भने यस उच्च बिक्रीलाई सार्वजनिक बिदासँग जोडेर बचाउ गर्दै आएको छ । निगमका प्रवक्ता ठाकुरले ३० चैतअघि लगातार दुई दिन सार्वजनिक बिदा परेकाले कार्यालय खुल्दा माग बढ्नु स्वाभाविक भएको दाबी गर्नुभएको छ । सोही तर्क १ वैशाखको बिदापछि २ वैशाखमा भएको उच्च बिक्री (३४ लाख ६ हजार लिटर पेट्रोल र ६२ लाख ६८ हजार लिटर डिजेल) का हकमा पनि लागू गरिएको छ । स्मरणीय छ कि, २ वैशाखको रातिदेखि नै लागू हुने गरी डिजेलको मूल्यमा प्रतिलिटर ३० रुपैयाँ वृद्धि गरिएको थियो ।

    तर, निगमको यो तर्कलाई पछिल्ला तथ्यांकहरूले भने चुनौती दिएका छन् । ७ वैशाखमा पनि अघिल्ला दुई दिन सार्वजनिक बिदापछि कार्यालय खुलेको भए तापनि त्यस दिनको बिक्री २ वैशाखको तुलनामा निकै न्यून देखिएको छ । तुलनात्मक रूपमा हेर्दा २ वैशाखमा ७ वैशाखको भन्दा पेट्रोलतर्फ ६ लाख ४९ हजार र डिजेलतर्फ २३ लाख चार हजार लिटर बढी इन्धन बिक्री भएको छ । दुवै दिन बिदापछिकै सोमबार भए पनि बिक्रीको यो ठुलो अन्तरले बिदाको बहानाभन्दा पनि मूल्यवृद्धिको लाभ लिन व्यवसायी र निगमको मिलेमतोमा अस्वाभाविक रूपमा मौज्दात खाली गरिएको आशंकालाई पुष्टि गरेको छ ।



    radiomirmire radiomirmire    
  • २०८३ बैशाख १२, शनिबार ०८:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP