काभ्रे: सोमबार दिउँसोदेखि मौसममा आएको बदलीसँगै वर्षा सुरु भएपछि बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। काभ्रेका विभिन्न स्थानमा अत्यधिक वर्षा भइरहेकाले सडकमा हुन सक्ने सम्भावित जोखिम र दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय, काभ्रेले तत्कालका लागि सवारी सञ्चालनमा रोक लगाएको हो।
प्रतिकूल मौसमका कारण राजमार्गको यात्रा चुनौतीपूर्ण र जोखिमपूर्ण भएको भन्दै प्रहरीले मौसममा सुधार नभएसम्मका लागि यो निर्णय लागू हुने जनाएको छ। वर्षाका कारण सडकको अवस्था बिग्रन सक्ने भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै यात्रा तय नगर्न र सुरक्षित रहन समेत प्रहरीले सबैमा आग्रह गरेको छ।
प्रतिक्रिया