• २०८३ बैशाख ४ | Fri, 17 Apr 2026

  • भेनेजुएलाको कुख्यात जेललाई सांस्कृतिक केन्द्रमा रूपान्तरण गर्दै

    भेनेजुएलाको कुख्यात जेललाई सांस्कृतिक केन्द्रमा रूपान्तरण गर्दै

    यो भवनको डिजाइन सन् १९५० को दशकमै गरिएको थियो । डिजाइनअनुसार बनेको भए सो भवन विश्वको पहिलो ‘ड्राइभ–थ्रू सपिङ सेन्टर बन्ने थियो । डिजाइनमा यस संरचनामा ३०० पसल सिनेमाघर, होटेल, निजी क्लब, कन्सर्ट हल र हेलिपोर्टसहित राख्ने योजना थियो ।

    तर, डिजाइनअनुरूपको भवन कहिल्यै बनेन । जति बनेको थियो, त्यसमा तत्कालीन राष्ट्रपति ह्युगो चाभेज र पछि निकोलस मदुरोको शासनकालमा विरोधीलाई कैद गर्न थालियो । सपिङ सेन्टरका रूपमा परिकल्पना गरिएको यो ठाउँ पछि राजनीतिक कैदी थुन्ने देशको सबैभन्दा कुख्यात यातना केन्द्र बन्यो ।

    अहिले आएर भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले एल हेलिकोइड हिरासत केन्द्र बन्द गर्ने र त्यसलाई सांस्कृतिक केन्द्रमा परिणत गर्ने घोषणा गरेकी छिन् । रोचक के छ भने विगतमा मदुरोको उपराष्ट्रपति हुँदा उनी आफैँ सो जेलकी निरीक्षक थिइन् ।

    काराकासस्थित सो विशाल संरचनालाई ‘प्रहरी परिवार र छिमेकी समुदायका लागि खेलकुद, सांस्कृतिक र व्यावसायिक केन्द्र’मा परिणत गरिने रोड्रिगेजले शुक्रबार घोषणा गरिन् । रोड्रिगेजले मदुरोलाई पक्राउ गरेर अमेरिकामा सुम्पिएदेखि सरकारले गरेका विभिन्न सुधारअन्तर्गत पछिल्लो कदम चालिएको हो ।



    radiomirmire radiomirmire    
  • २०८२ माघ २३, शुक्रबार ०७:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP