काठमाडौं, ३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको पदाधिकारी चयन प्रक्रिया पूरा गर्दै मुख्य सचेतक र सचेतकहरूको जिम्मेवारी बाँडफाँट गरेको छ। बिहीबार बसेको संसदीय दलको बैठकले एक मुख्य सचेतक र दुई सचेतक चयन गर्ने निर्णय गरेको हो।
बैठकले पार्टीको मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई सर्वसम्मत चयन गरेको छ। त्यसैगरी, सचेतकको जिम्मेवारी सांसदद्वय प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई दिने निर्णय भएको छ।
संसद्मा पार्टीको भूमिकालाई थप प्रभावकारी र व्यवस्थित बनाउन रास्वपाले संसदीय दललाई पूर्णता दिएको बुझिएको छ। नवनियुक्त पदाधिकारीहरूले अब संसद्मा पार्टीको उपस्थिति, ह्विप जारी गर्ने र दलका सदस्यहरूबीच समन्वय गर्ने मुख्य जिम्मेवारी सम्हाल्नेछन्।
प्रतिक्रिया