• २०८३ कार्तिक २० | Thu, 05 Nov 2026

  • भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौं आगमन: कालो चस्माको ‘स्टायल’ र कूटनीतिक चर्चा

    भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौं आगमन: कालो चस्माको ‘स्टायल’ र कूटनीतिक चर्चा

    काठमाडौँ, १८ कार्तिक २०८३

    भारतीय विदेश सचिव विक्रम मिस्रीको दुईदिने नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको एउटा फरक दृश्य अहिले कूटनीतिक वृत्तमा चर्चाको विषय बनेको छ। परम्परागत कूटनीतिक पहिरनभन्दा भिन्न रूपमा आँखामा कालो चस्मा (सनग्लास) लगाएर उत्रिएका मिस्रीको यो गेटअपलाई धेरैले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पहिरन शैलीसँग जोडेर हेर्न थालेका छन्।

    नेपालमा प्रधानमन्त्री बालेनको पहिचान नै बनिसकेको कालो चस्माको ‘स्टायल’ सँग मिल्दोजुल्दो शैलीमा भारतीय कूटनीतिज्ञ काठमाडौं ओर्लिनुलाई केवल संयोग मात्र मान्न नहुने कूटनीतिक जानकारहरूको तर्क छ। परराष्ट्र मामिलाका जानकार डा. उद्धव प्याकुरेलका अनुसार, यसलाई नेपालको बदलिँदो कूटनीतिक प्रस्तुति र ‘क्रमभंगता’ सँग जोडेर बुझ्न सकिन्छ। प्रधानमन्त्री बालेनले संयुक्त राष्ट्रसंघको महासभामा समेत कालो चस्मा लगाएर सम्बोधन गरेको प्रसंग कोट्याउँदै उनले कूटनीतिमा दुवै पक्षको समान मर्यादा र प्रस्तुतिका रूपमा अर्थ्याएका छन्।

    प्रधानमन्त्री बालेनको प्रस्तावित भारत भ्रमणको तयारी तथा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल गर्न बुधबार काठमाडौं आइपुगेका विदेश सचिव मिस्रीले विमानस्थलबाट बाहिरिनेबित्तिकै परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरिसकेका छन्। दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी उनी बिहीबार नै नयाँ दिल्ली फर्कने कार्यक्रम रहेको छ।



    radiomirmire radiomirmire    
  • २०८३ कार्तिक १९, बुधबार ०९:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP