काठमाडौँ, १८ कार्तिक २०८३
सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले एआईजी केसीलाई देशको नयाँ प्रहरी प्रमुख (आईजीपी) बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।
यससँगै हालका आईजीपी दानबहादुर कार्कीलाई उनको पदबाट हटाइएको छ। मन्त्रिपरिषद्को बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको नयाँ जिम्मेवारी दिने निर्णयसमेत गरेको छ।
प्रतिक्रिया