• २०८३ जेष्ठ ११ | Mon, 25 May 2026

  • संविधान संशोधनको बहसपत्र तयार गर्न कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरूसँग छलफल गर्ने

    संविधान संशोधनको बहसपत्र तयार गर्न कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरूसँग छलफल गर्ने

    काठमाडौँ — संविधान संशोधनका लागि आवश्यक बहसपत्र तयार पार्ने उद्देश्यले गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरूसँग विशेष परामर्श गर्दैछ। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा बनेको कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म छलफलको समय तय गरेको छ।

    संविधान जारी भएको एक दशक पुग्नै लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकारले मुलुकको शासकीय स्वरूप र निर्वाचन प्रणालीमा देखिएका कमजोरी सुधार्न संविधान संशोधनको कसरत सुरु गरेको हो। सोही प्रक्रिया अन्तर्गत कार्यदलले आज कानुनी क्षेत्रका विज्ञ तथा पूर्वमहान्यायाधिवक्ताहरूबाट संविधानका विभिन्न धाराहरूमा गर्नुपर्ने परिमार्जनका विषयमा विस्तृत सुझाव संकलन गर्नेछ।

    विशेषगरी निर्वाचन प्रणाली र शासकीय सुधारलाई मुख्य एजेन्डा बनाएको सरकारले विज्ञहरूको रायका आधारमा ठोस बहसपत्र तयार गरी संशोधनको प्रक्रियालाई अगाडि बढाउने तयारी गरेको छ।



    radiomirmire radiomirmire    
  • २०८३ बैशाख २३, बुधबार ०८:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP