• २०८३ कार्तिक २१ | Fri, 06 Nov 2026

  • ‘१८२ सिट पाउँदा मात्तियौँ, उच्च राजनीतिक चरित्र देखाउनुपर्छ’ : रवि लामिछाने

    ‘१८२ सिट पाउँदा मात्तियौँ, उच्च राजनीतिक चरित्र देखाउनुपर्छ’ : रवि लामिछाने

    कात्तिक २० गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहलाई उच्च राजनीतिक चरित्र देखाउन आग्रह गरेका छन्। गृह जिल्ला चितवनमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले जनताले सुम्पेको ठूलो जिम्मेवारी र अपेक्षाअनुसार खरो उत्रिनुपर्नेमा जोड दिएका हुन्।

    सम्बोधनका क्रममा लामिछानेले चुनावमा प्राप्त ठूलो जनमतपछि पार्टीका नेताहरूमा घमण्ड बढेको भन्दै आत्मसमीक्षा गरे। “हामी खरो उत्रिएका छौँ? जनताले १८२ सिट दिएका छन्, तर हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौँ। माथिदेखि तलसम्म हामी यति मात्तिएका छौँ कि मान्छेलाई मान्छे गन्न छाडेका छौँ,” उनले भने, “यसरी चल्दैन, हामीले आफ्नो व्यवहार सुधार्नुपर्छ।”

    जनता र समाजले देखाएको ऐनालाई स्वीकार्नुको सट्टा आक्रमणमा उत्रिनु राजनीतिक संस्कार नभएको लामिछानेको भनाइ थियो। समाजले आफ्ना गतिविधि र तौरतरिका सूक्ष्म रूपमा विश्लेषण गरिरहेकाले त्यसैअनुसार संयमित भएर अघि बढ्नुपर्ने उनले बताए।

    विगतमा रास्वपाका कार्यकर्तामाथि तत्कालीन सत्ताले गरेको प्रताडनाको स्मरण गराउँदै उनले त्यसको बदला लिन आज सत्ता, प्रशासन र प्रहरीको दुरुपयोग गर्न नहुने स्पष्ट पारे। “हामीले चुनाव जितेका मात्र हौँ, कुनै ग्रहबाट खसेका होइनौँ। यही जमिनका मान्छे हौँ र सधैँ भुइँमै टिकेर काम गर्नुपर्छ,” लामिछानेले जोड दिए।



    radiomirmire radiomirmire    
  • २०८३ कार्तिक २१, शुक्रबार ०९:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP