• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

  • मधेशका मुख्यमन्त्री यादवले सारे विश्वासको मत लिने मिति

    मधेशका मुख्यमन्त्री यादवले सारे विश्वासको मत लिने मिति

    मधेशका मुख्यमन्त्री यादवले सारे विश्वासको मत लिने मिति

    मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार लिने भनिएको विश्वासको मत अन्तिम समयमा आएर स्थगित गर्नुभएको छ। सत्ता गठबन्धनभित्र चुलिएको तीव्र असन्तुष्टि र आफ्नै पार्टीभित्रको आन्तरिक विवादका कारण मुख्यमन्त्री यादव पछि हट्नुभएको हो। नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाका अनुसार अब मुख्यमन्त्रीले आगामी जेठ ८ गते मात्र प्रदेश सभाबाट विश्वासको मत लिनुहुनेछ। गत वैशाख २१ गते जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अल्पमतमा पर्नुभएको थियो। शुक्रबारको बैठकमा सांसदहरूले ‘फ्लोर क्रस’ गर्न सक्ने जोखिम देखिएपछि कार्यसूची परिवर्तन गरिएको बुझिएको छ। विश्वासको मत लिने प्रक्रिया रोकिए पनि प्रदेश सभाको बैठक भने अन्य नियमित एजेन्डाहरूमा प्रवेश गरेर अगाडि बढेको छ। मुख्यमन्त्रीले थप समय लिएर सत्ता समीकरणलाई मजबुत बनाउने प्रयास थाल्नुभएको राजनीतिक वृत्तमा चर्चा छ।



    radiomirmire radiomirmire    
  • २०८३ जेष्ठ १, शुक्रबार ०९:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP