• २०८३ बैशाख १६ | Wed, 29 Apr 2026

  • सुकुम्बासी समस्या डोजरले होइन, दृष्टिकोणले समाधान गर्न पूर्वमन्त्री किरातीको आग्रह

    सुकुम्बासी समस्या डोजरले होइन, दृष्टिकोणले समाधान गर्न पूर्वमन्त्री किरातीको आग्रह

    काठमाडौँ । पूर्वमन्त्री सुदन किरातीले सुकुम्बासी समस्यालाई शक्ति र डोजरको प्रयोगबाट नभई सही दृष्टिकोण र संवादका माध्यमबाट समाधान गर्न सरकारसँग जोडदार माग गर्नुभएको छ। शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई मेन्सन गर्दै उहाँले सुकुम्बासी बस्तीमा डोजर चलाउन हतार नगर्न आग्रह गर्नुभएको हो।

    काठमाडौँको थापाथली लगायतका क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन सरकारले चालेको कदमको विरोध गर्दै नेता किरातीले संवाद, पर्याप्त समय र वैकल्पिक व्यवस्थापनका विषयमा राज्यले किन विचार नगरेको भन्दै प्रश्न उठाउनुभएको छ। उहाँले सुकुम्बासी व्यवस्थापन जस्तो संवेदनशील विषयलाई मानवीय र व्यावहारिक पक्षबाट हेर्नुपर्नेमा जोड दिनुभएको छ।

    किरातीले जनभावना विपरीत हिँड्दा विगतका शक्तिशाली सरकारहरूले पनि असफलता व्यहोर्नुपरेको इतिहास स्मरण गराउँदै वर्तमान नेतृत्वलाई सचेत गराउनुभएको छ। विगतमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार मध्यावधि निर्वाचनका कारण अस्थिरतामा गएको, प्रचण्ड सरकार कटुवाल काण्डमा अल्झिएको र झण्डै दुई तिहाइ बहुमतको केपी शर्मा ओली नेतृत्वको सरकारले गुठी विधेयक प्रकरणका कारण जनविश्वास गुमाएको प्रसङ्ग उल्लेख गर्दै उहाँले बालेन शाह नेतृत्वको कार्यशैलीमाथि पनि प्रश्न उठिरहेको बताउनुभएको छ। यो देश सबैको साझा भएको उल्लेख गर्दै उहाँले नागरिकको भावना र आवश्यकतालाई बुझेर मात्र अघि बढ्न सुझाव दिनुभएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ बैशाख ११, शुक्रबार ०८:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP