काठमाडौँ: नेपालका लागि चीनका राजदूत झाङ माओमिङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। मंगलबार परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा राजदूत झाङले चिनियाँ परराष्ट्रमन्त्रीका तर्फबाट पठाइएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरे।
भेटका क्रममा नवनियुक्त परराष्ट्रमन्त्री खनाललाई कार्यभार ग्रहण गरेकोमा शुभकामना दिँदै राजदूत झाङले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
परराष्ट्र मन्त्रालयका अनुसार, उक्त अवसरमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी हितका विविध आयाम र सहयोग अभिवृद्धि गर्ने विषयमा घनिभूत छलफल भएको थियो। भेटमा दुवै पक्षले सदियौँदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजाने ऐक्यबद्धता समेत जनाएका छन्।
प्रतिक्रिया