• २०८३ कार्तिक २० | Thu, 05 Nov 2026

  • नेपालका थप ६ हिमाललाई ८ हजार मिटरमाथिको सूचीमा राख्न पहल, अन्तर्राष्ट्रिय मान्यता पाए संख्या २० पुग्ने

    नेपालका थप ६ हिमाललाई ८ हजार मिटरमाथिको सूचीमा राख्न पहल, अन्तर्राष्ट्रिय मान्यता पाए संख्या २० पुग्ने

    २०८३ कात्तिक १३,

    काठमाडौँ — नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप छ हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन औपचारिक पहल अघि बढाएको छ। विश्व पर्वतारोहण तथा आरोहण महासंघ (UIAA) को सन् २०२६ को साधारणसभाका अवसरमा नेपाल सरकारले नेपाल पर्वतारोहण संघमार्फत उक्त प्रस्ताव अघि बढाएको हो।

    काठमाडौंमा आजदेखि सुरु भएको उक्त साधारणसभामा विश्वका विभिन्न देशका पर्वतारोहण महासंघका प्रतिनिधि, विज्ञ तथा सरोकारवालाहरूको उपस्थिति रहेको छ। नेपालले यसअघि सन् १९८२ र २०११ मा यो साधारणसभा आयोजना गरिसकेको, र हाल तेस्रोपटक यसको आयोजना गरिरहेको हो।

    नेपालले छुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन प्रस्ताव गरेका हिमालहरूमा निम्न ६ वटा हिमाल रहेका छन्:

    • ्यालुङ काङ (८,५०५ मिटर)

    • कञ्चनजङ्घा दक्षिण (८,४७६ मिटर)

    • कञ्चनजङ्घा मध्य (८,४७३ मिटर)

    • ल्होत्से मध्य (८,४१० मिटर)

    • ल्होत्से शार (८,४०० मिटर)

    • ्यालुङ काङ पश्चिम (८,०७७ मिटर)

    यदि यो प्रस्तावलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएमा विश्वभर आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या हालको १४ बाट बढेर २० पुग्नेछ भने नेपालमा मात्रै यस्ता हिमालको संख्या १४ वटा कायम हुनेछ।

    यी हिमालहरूले अन्तर्राष्ट्रिय मान्यता पाएमा नेपालको हिमाली पहिचान थप विस्तार हुनुका साथै विश्व पर्वतारोहणको नक्सामा देशको उपस्थिति अझ सुदृढ हुनेछ। यसबाट नयाँ पर्वतारोहण गन्तव्यको पहिचान, आरोहण गतिविधिको विस्तार र समग्र साहसिक पर्यटन प्रवर्द्धनमा समेत ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ कार्तिक १४, शुक्रबार ०९:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP