• २०८३ जेष्ठ २६ | Tue, 09 Jun 2026

  • रास्वपा द्वारा मन्त्री र सांसदको मासिक लेबी निर्धारण; स्वकीय सचिवले पनि बुझाउनुपर्ने

    रास्वपा द्वारा मन्त्री र सांसदको मासिक लेबी निर्धारण; स्वकीय सचिवले पनि बुझाउनुपर्ने

    काठमाडौं, ३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्री र सांसदहरूका लागि मासिक लेबी (पार्टी शुल्क) को दर टुङ्गो लगाएको छ। बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले लेबीसम्बन्धी नयाँ प्रस्ताव पारित गरेको हो।

    बैठकको निर्णयअनुसार रास्वपाबाट सरकारमा सहभागी मन्त्रीहरूले मासिक १८ हजार रुपैयाँ लेबी बुझाउनुपर्नेछ भने सांसदहरूका लागि १६ हजार ५ सय रुपैयाँ तोकिएको छ। पार्टीका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले संसदीय दलको बैठकले सर्वसम्मतिबाट यो शुल्क निर्धारण गरेको जानकारी दिनुभयो।

    त्यसैगरी, बैठकले मन्त्रीका स्वकीय सचिवहरूका लागि पनि मासिक २ हजार रुपैयाँ लेबी अनिवार्य गरेको छ। हाल यो व्यवस्था मन्त्रीका स्वकीयहरूको हकमा मात्र कार्यान्वयन हुने भए तापनि भविष्यमा सांसदहरूले स्वकीय सचिव राख्न पाउने कानुनी व्यवस्था भएमा उनीहरूले पनि सोही बराबरको शुल्क बुझाउनुपर्ने गरी निर्णय गरिएको सचेतक बुर्लाकोटीले बताउनुभयो।

    पार्टी सञ्चालन र सांगठनिक कार्यलाई व्यवस्थित बनाउन रास्वपाले आफ्ना जनप्रतिनिधि र जिम्मेवार कर्मचारीहरूमा यो लेबी प्रणाली लागू गरेको बुझिएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ बैशाख ३, बिहीबार ०९:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP