• २०८३ जेष्ठ ११ | Mon, 25 May 2026

  • प्रधानन्यायाधीश बनेपछि १२ दिनपछि इजलासमा फर्किए मनोजकुमार शर्मा

    प्रधानन्यायाधीश बनेपछि १२ दिनपछि इजलासमा फर्किए मनोजकुमार शर्मा

    प्रधानन्यायाधीशमा सिफारिस भएको भोलिपल्टै सर्वोच्चमा खटपट भएपछि इजलासमा नबसेका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा १२ दिनपछि इजलासमा फर्किएका छन्।

    मंगलबार प्रधानन्यायाधीश नियुक्त भएपछि बुधबार गोला तानेर इजलासमा बसेका हुन्। बुधबार श्रीकान्त पौडेलसँग शर्माको संयुक्त इजलास छ।

    बुधबार भने प्रधानन्यायाधीश शर्मासहितको इजलासले धमाधम मुद्दाको सुनुवाइ गरिरहेको छ। शर्मा रहेको इजलासमा ३२ वटा मुद्दाको पेसी तोकिएका छन्। जसमा ६ वटा रिट निवेदनमा सुनुवाइ सकिएको छ।

    वैशाख २४ गते शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका थिए। त्यसको भोलिपल्टै गोला तान्न हलमा पुगेपछि तत्कालीन कायममुकामय प्रधानन्यायाधीशसँग उनको सामान्य खटपट परेको थियो।

    त्यसपछि उनी गोला नतानी आफ्नो च्याम्बरमा फर्किएका थिए। त्यसयता उनी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया नटुंगिएसम्म मुद्दाको सुनुवाइमा गएनन्।

    यता शर्मा प्रधानन्यायाधीश भएर फर्किएकै दिनदेखि न्यायाधीश मल्ल भने बिदामा बसेकी छन्। मल्लले २० दिनको बिदा लिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए।



    radiomirmire radiomirmire    
  • २०८३ जेष्ठ ६, बुधबार ०७:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP