• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • भिजिट भिसा प्रकरणको मुद्दा दायर गर्ने तयारीमा अख्तियार

    भिजिट भिसा प्रकरणको मुद्दा दायर गर्ने तयारीमा अख्तियार

    भिजिट भिसा प्रकरणमा मुद्दा दायर गर्ने अन्तिम तयारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छ । सम्भवतः आजै, नभए केही दिनभित्रै मुद्दा दायरको तयारी छ । रोजगारीका लागि भिजिट भिसामा युवाहरूलाई विदेश पठाएर सेटिङमा अध्यागमन कर्मचारीहरूले दैनिक लाखौं रकम असुल गरेको उजुरीउपर करिब सात महिना लामो छानविन गरेर मुद्दा दायर गर्न लागेको हो । अभियोजनका अन्तिम तयारीमा अख्तियार रहेको स्रोतले बतायो ।

    स्रोतको दावी अनुसार विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमख तथा कर्मचारी र विभाग र मन्त्रालयका कर्मचारी लगायतविरुद्ध मुद्दा दायर गरिँदैछ ।

    गत ७ जेठमा अख्तियारले विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा हानेर कार्यालय प्रमुख तीर्थराज भट्टराईसहित चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । भिजिट भिसामा खाडी देश जानेसँग अध्यागमनमा ५० हजारसम्म र युरोपियन देश जानेसँग तीन लाख रुपैयाँसम्म असुली हुने गरेको थियो । यसको लिंकेज अध्यागमन विभाग र गृह मन्त्रालयको उच्च तहसम्मै देखिएको थियो ।



    radiomirmire radiomirmire    
  • २०८२ मंसिर २३, मंगलवार ०८:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP