• २०८३ जेष्ठ १२ | Tue, 26 May 2026

  • किसानका समस्याप्रति सांसद अमरेशकुमार सिंहद्वारा सरकारको ध्यानाकर्षण: मल आपूर्ति र उखु किसानको भुक्तानी तत्काल गर्न माग

    किसानका समस्याप्रति सांसद अमरेशकुमार सिंहद्वारा सरकारको ध्यानाकर्षण: मल आपूर्ति र उखु किसानको भुक्तानी तत्काल गर्न माग

    काठमाडौँ — प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले देशका किसानहरूले भोगिरहेका विभिन्न समस्याहरू तत्काल समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सिंहले धान रोपाइँको सिजन सुरु हुन लागेकाले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन सरकारसँग जोडदार माग गरे। हालसम्म पनि मलको पर्याप्त व्यवस्था हुन नसकेकोमा असन्तुष्टि जनाउँदै उनले अबको १०-१५ दिनमा रोपाइँ सुरु हुने भएकाले सरकारले तत्काल मलको प्रबन्ध मिलाउनुपर्नेमा जोड दिए।

    यसैगरी, सांसद सिंहले उखु किसानहरूले पाउनुपर्ने बक्यौता रकममा भइरहेको ढिलाइप्रति पनि सरकारलाई सचेत गराएका छन्। चिनी मिलहरूले किसानलाई समयमै पैसा नदिएको र सरकारले उपलब्ध गराउने भनिएको अनुदान समेत किसानले अझै नपाएको भन्दै उनले आक्रोश व्यक्त गरे। उनले किसानको पसिनाको मूल्य र सरकारी अनुदान चाँडोभन्दा चाँडो भुक्तानी गराउन सरकारसँग माग गरे। यसका साथै, सांसद सिंहले बागमती नदीको कटानका कारण ठूलो पीडामा परेका नागरिकहरूलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउनका लागि प्रभावकारी कदम चाल्न समेत सरकारसँग विशेष आग्रह गरेका छन्।



    radiomirmire radiomirmire    
  • २०८३ जेष्ठ १२, मंगलवार ०७:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP