• २०८३ कार्तिक २१ | Fri, 06 Nov 2026

  • कोसी ब्यारेजको विकल्पमा ३ किमी लामो नयाँ पुल बन्ने: १४ किमी दूरी घट्ने, लागत ४३ अर्ब

    कोसी ब्यारेजको विकल्पमा ३ किमी लामो नयाँ पुल बन्ने: १४ किमी दूरी घट्ने, लागत ४३ अर्ब

    २०८३ कात्तिक १३,

    काठमाडौँ — सप्तरी र सुनसरी जिल्लालाई जोड्ने पुरानो कोसी ब्यारेज पुलको विकल्पका रूपमा नयाँ पुल निर्माणको तयारी तीव्र पारिएको छ। सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म निर्माण हुने उक्त पुलको लम्बाइ तीन किलोमिटर रहनेछ।

    केही वर्षअघि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार निर्माण गर्न लागिएको यस परियोजनाको अनुमानित लागत रु ४३ अर्ब रहेको छ। सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालका अनुसार एसियाली विकास बैंक (ADB) को वित्तीय सहयोगमा निर्माण हुने यस परियोजनाका लागि अहिले आवश्यक प्राविधिक तयारी भइरहेको छ।

    यस परियोजनाअन्तर्गत ३ किलोमिटर विशिष्ट प्रकृतिको पुलका साथै ४३ किलोमिटर नयाँ सडक निर्माण गरिनेछ। नयाँ पुल तथा सडक सञ्चालनमा आएपछि पूर्व–पश्चिम राजमार्गबाट यात्रा गर्दा १४ किलोमिटर दूरी छोटिनेछ।

    परियोजना क्षेत्र कोसीटप्पु वन्यजन्तु आरक्षसँग जोडिएकाले वातावरणीय एवं कानुनी स्वीकृतिका प्रक्रियागत कामहरू अगाडि बढिरहेको ढकालले जानकारी दिए। कोसी ब्यारेज पुरानो हुँदै गएको र दिनप्रतिदिन सवारी साधनको चाप बढ्दै गएकाले पूर्वी नेपालको यातायात सञ्चालन र व्यवस्थापनलाई सहज बनाउन यो वैकल्पिक मार्ग अत्यन्त महत्त्वपूर्ण सावित हुने विश्वास लिइएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ कार्तिक १४, शुक्रबार ०७:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP