• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026

  • सामाजिक सद्भाव कायम राख्न धार्मिक अगुवासँग रास्वपा सभापति लामिछानेको छलफल

    सामाजिक सद्भाव कायम राख्न धार्मिक अगुवासँग रास्वपा सभापति लामिछानेको छलफल

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा सामाजिक सद्भाव जोगाउन धार्मिक अगुवाहरूसँग छलफल गरेका छन्।

    शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा सभापति लामिछानेले हिन्दु र मुस्लिम समुदायका धार्मिक अगुवाहरूसँग सामूहिक संवाद गरेका हुन्। लामिछानेको सचिवालयका अनुसार उक्त छलफलमा मुस्लिम धार्मिक नेताहरू मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदका साथै विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालको सहभागिता रहेको थियो।

    विशेषगरी कोसी र मधेस प्रदेशका सुनसरी, सिराहा लगायतका जिल्लाहरूमा साम्प्रदायिक सद्भाव खल्बलिने किसिमका गतिविधि बढ्दै गएपछि त्यहाँको वातावरण असहज बनेको छ। सोही परिस्थितिमा सक्रियता देखाउँदै सभापति लामिछानेले धार्मिक अगुवाहरूलाई देशका विभिन्न भागमा भइरहेका प्रदर्शन रोक्न र आपसी भाइचारा एवं सद्भाव कायम राख्नका लागि सर्वसाधारणमा अपिल गरिदिन आग्रह गरेका छन्।



    radiomirmire radiomirmire    
  • २०८३ श्रावण १५, शुक्रबार ०७:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP