• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • गगन र विश्वप्रकाशले उद्घाटन गरे विशेष महाधिवेशन

    गगन र विश्वप्रकाशले उद्घाटन गरे विशेष महाधिवेशन

    नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा आइतबार सुरु भएको छ।

    कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन गरेर विशेष महाधिवेशनको उद्घाटन गरेका हुन्। कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँका सभापति सबुजकृष्ण बानियाँको सभापतित्वमा विशेष महाधिवेशन उद्घाटन समारोह महामन्त्रीद्वय थापा र शर्मासँगै सहायक महामन्त्री फरमूल्लाह मंसुर उपस्थित भएका छन्।

    त्यस्तै, कांग्रेसका नेताहरू चन्द्र भण्डारी, तारानाथ रानाभाट, गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह केसी, महेश आचार्य, ओमकारप्रसाद श्रेष्ठ, चन्द्र भण्डारीलगायतको उपस्थित रहेको छ। विभिन्न जिल्लाका सभापति पनि सहभागी भएका छन्।

    विशेष महाधिवेशनमा कांग्रेस सपभाति शेरबहादुर देउवालगायत संस्थापन पक्षका नेता भने सहभागी भएका छैनन्।



    radiomirmire radiomirmire    
  • २०८२ पुष २७, आईतवार ०८:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP