• २०८३ बैशाख २० | Sun, 03 May 2026

  • इजरायली सेनाको चेतावनी: दक्षिण लेबननका ११ सहर खाली गर्न बासिन्दालाई उर्दी

    इजरायली सेनाको चेतावनी: दक्षिण लेबननका ११ सहर खाली गर्न बासिन्दालाई उर्दी

    बेरुत । इजरायली सेनाले दक्षिण लेबननका ११ सहर र गाउँका बासिन्दालाई तत्काल घर छाड्न चेतावनी दिएको छ। आइतबार एक उर्दी जारी गर्दै सेनाले स्थानीय बासिन्दाहरूलाई सुरक्षित रहन कम्तीमा एक हजार मिटर टाढा खुला क्षेत्रमा जान निर्देशन दिएको हो।

    रोयटर्सका अनुसार इजरायलले दक्षिण लेबननका ती क्षेत्रहरूमा भीषण आक्रमण गर्ने तयारी गरेको छ। बेलायती पत्रिका द इन्डिपेन्डेन्टका अनुसार इजरायली सेनाले सशस्त्र समूह हेजबुल्लाहले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै यो कारबाही गर्न लागेको दाबी गरेको छ।

    सेनाले चेतावनी दिँदै भनेको छ, ‘हेजबुल्लाह लडाकु वा उनीहरूका लुक्ने स्थान नजिक भेटिने जो कोही पनि खतरामा पर्न सक्छन्।’ इजरायलले पछिल्लो समय दक्षिण लेबननमा बारम्बार हवाई हमला गर्नुका साथै स्थल सेनामार्फत केही भू-भागसमेत नियन्त्रणमा लिएको छ। यस क्रममा हेजबुल्लाहका संरचना भनिएका दर्जनौँ भवनहरू ध्वस्त पारिएका छन्।

    यता, इरान समर्थित समूह हेजबुल्लाहले पनि उत्तरी इजरायललाई लक्षित गरी ड्रोन र मिसाइल आक्रमण जारी राखेको छ। दुई पक्षबीचको बढ्दो तनावले सो क्षेत्रमा मानवीय संकट थप गहिरिने देखिएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ बैशाख २०, आईतवार ०८:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP