• २०८३ बैशाख २० | Sun, 03 May 2026

  • रास्वपा सचिवालय बैठक सुरु: उपनिर्वाचनको उम्मेदवार छनोट र महाधिवेशन कार्यविधिमा केन्द्रित

    रास्वपा सचिवालय बैठक सुरु: उपनिर्वाचनको उम्मेदवार छनोट र महाधिवेशन कार्यविधिमा केन्द्रित

    काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार आइतबार दिउँसो १:४३ बजेदेखि बैठक सुरु भएको हो।

    बैठकमा विशेषगरी आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा, पार्टीको आसन्न महाधिवेशन कार्यविधि र संसदीय दलको विधान संशोधन लगायतका महत्त्वपूर्ण साङ्गठनिक एजेन्डाहरूमा छलफल भइरहेको छ।

    पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकले ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा-२०८३’ र ‘महाधिवेशन कार्यविधि-२०८३’ को मस्यौदामाथि विस्तृत छलफल गरी आवश्यक निर्णय लिनेछ। सभापति लामिछानेको अध्यक्षतामा बसिरहेको यस बैठकले पार्टीको विधानलाई थप परिमार्जन गर्दै संगठनलाई महाधिवेशन केन्द्रित बनाउने लक्ष्य राखेको छ।



    radiomirmire radiomirmire    
  • २०८३ बैशाख २०, आईतवार ०८:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP