• २०८३ बैशाख १६ | Wed, 29 Apr 2026

  • संसद् छलेर अध्यादेश ल्याउने सरकारी निर्णयविरुद्ध विपक्षी दलहरू एकजुट, सिंहदरबारमा रणनीति तय गरिँदै

    संसद् छलेर अध्यादेश ल्याउने सरकारी निर्णयविरुद्ध विपक्षी दलहरू एकजुट, सिंहदरबारमा रणनीति तय गरिँदै

    काठमाडौं । सरकारले संसद्लाई छलेर अध्यादेश ल्याउने निर्णय गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न विपक्षी दलका नेताहरू सिंहदरबारमा भेला भएका छन्। नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा जारी यस बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका कामकारबाहीको कडा प्रतिवाद गर्ने विषयमा गम्भीर विचार-विमर्श भइरहेको छ।

    नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको यस बैठकमा नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेकपाका प्रमुख सचेतक युवराज दुलाल र राप्रपा सांसद सरस्वती तामाङ लगायतका नेताहरूको उपस्थिति रहेको छ। यद्यपि, श्रम संस्कृति पार्टीका सांसद भने यस छलफलमा सहभागी भएका छैनन्।

    बैठकको मुख्य विषय सरकारले संसद्को क्षेत्राधिकार मिचेर संवैधानिक परिषद् र सहकारी समस्यासँग सम्बन्धित विधेयकहरू अध्यादेशमार्फत ल्याउनु रहेको छ। विपक्षी नेताहरूले यस कदमलाई लोकतान्त्रिक मूल्य-मान्यता विपरीतको गतिविधिको रूपमा व्याख्या गर्दै यसको कडा विरोध गर्ने तयारी गरेका छन्। छलफलका क्रममा सुकुम्बासी बस्ती हटाउने जस्ता सरकारका पछिल्ला विवादास्पद निर्णयहरूको समेत समीक्षा भइरहेको छ। सहभागी नेताहरूका अनुसार जनसरोकारका मुद्दामा एकजुट भएर अगाडि बढ्ने र सरकारको स्वेच्छाचारी ढंगको प्रतिवाद गर्ने साझा योजना यसै बैठकबाट तय गरिनेछ।



    radiomirmire radiomirmire    
  • २०८३ बैशाख १६, बुधबार ०७:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP