• २०८३ बैशाख २१ | Mon, 04 May 2026

  • लिपुलेक नेपालको अभिन्न भूमि हो, कूटनीतिक संवादबाटै समस्याको समाधान खोजिन्छ : सरकार

    लिपुलेक नेपालको अभिन्न भूमि हो, कूटनीतिक संवादबाटै समस्याको समाधान खोजिन्छ : सरकार

    नेपाल सरकारले लिपुलेक लगायतका सीमा विवादका विषयमा आफ्नो अडान स्पष्ट रहेको र ती क्षेत्रहरू नेपाली भूमि भएको कुरामा सरकार पूर्ण प्रतिवद्ध रहेको जनाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सीमा विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयले यसअघि नै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको स्पष्ट पार्नुभयो। उहाँले यो विषय अब दुई देशका सरकारबीचको आपसी सहकार्य र कूटनीतिक संवादमार्फत टुङ्गो लगाइनुपर्नेमा जोड दिनुभयो।

    प्रवक्ता पोखरेलले परराष्ट्र मन्त्रालयले जारी गरेको नोट केवल सार्वजनिक जानकारीका लागि मात्र नभई औपचारिक रूपमा पठाइएको कूटनीतिक पत्र भएको समेत स्पष्ट पार्नुभएको छ। भारत सरकारले हालै जारी गरेको भनिएको वक्तव्य र त्यसमा नेपालले सीमा विस्तार गर्न खोजेको भन्ने आशयप्रति सङ्केत गर्दै उहाँले नेपालले सीमा विस्तार नगरेको बरु आफ्नै भूमिको रक्षा गरेको बताउनुभयो। ‘त्यो सीमा विस्तार गरिएको विषय नै होइन, ती क्षेत्रहरू ऐतिहासिक तथ्य र प्रमाणका आधारमा नेपालकै भूमि हुन्,’ प्रवक्ता पोखरेलले भन्नुभयो, ‘यस विषयमा सरकार पूर्ण रूपमा स्पष्ट छ र आफ्नो अडानमा दृढताका साथ प्रतिबद्ध छ।’



    radiomirmire radiomirmire    
  • २०८३ बैशाख २१, सोमबार ०७:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP