सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त भेटका क्रममा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा विविध सहकार्यका विषयमा छलफल भएको थियो।
भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै दुई देशबीचको दीर्घकालीन सम्बन्ध र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। सोही अवसरमा प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै दुवै देशको साझा हितका लागि मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि विदेशी राजदूतसँग वालेन्द्र शाहको यो पहिलो एकान्त (वान-अन-वान) भेटवार्ता हो। यसअघि उनले गत चैत २५ गते विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटघाट गरेका थिए।
प्रतिक्रिया