• २०८३ कार्तिक ७ | Fri, 23 Oct 2026

  • रास्वपा संसदीय दलद्वारा सांसदहरूका लागि समूहगत उपस्थिति तालिका सार्वजनिक, अनुपस्थिति रोक्न विशेष निर्देशन

    रास्वपा संसदीय दलद्वारा सांसदहरूका लागि समूहगत उपस्थिति तालिका सार्वजनिक, अनुपस्थिति रोक्न विशेष निर्देशन

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधिसभा बैठकमा सांसदहरूको उपस्थिति चुस्त र व्यवस्थित बनाउन समूहगत उपस्थिति तालिका निर्धारण गरेको छ।

    मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले बिहीबार एक सूचना जारी गर्दै आजदेखि असोज १६ गतेसम्मका लागि विभिन्न समूह विभाजन गरी सांसदहरूलाई संसद्‌मा अनिवार्य उपस्थितिका लागि तालिका लागू गरिएको जानकारी दिएका हुन्।

    जारी सूचना अनुसार समूह निर्धारण नगरिएका सांसदहरू पनि संसद् बैठकमा नियमित रूपमा उपस्थित हुनुपर्नेछ। विशेष परिस्थितिबाहेक संसद् बैठकमा सबै सांसदको उपस्थिति सधैँ अनिवार्य रहने मुख्य सचेतक बुर्लाकोटीले स्पष्ट पारेका छन्।

    संसदीय दलद्वारा जारी समूहगत उपस्थिति तालिका:

    • असोज ८ गते: समूह ३, समूह ४ र समूह १ (अनिवार्य)

    • असोज १२ गते: समूह १ र समूह २ (अनिवार्य)

    • असोज १३ गते: समूह २ र समूह ३ (अनिवार्य)

    • असोज १४ गते: समूह ३ र समूह ४ (अनिवार्य)

    • असोज १५ गते: समूह ४ र समूह १ (अनिवार्य)

    • असोज १६ गते: समूह १ र समूह २ (अनिवार्य)

    अतिरिक्त निर्देशनहरू: १. सार्वभौम उपस्थिति: यो तालिकाको अर्थ तोकिएका बाहेक अन्य समूहका सांसदहरू संसद् आउनु पर्दैन भन्ने होइन। विशेष अवस्थामा बाहेक संसद्‌मा उपस्थिति हुनु सबैका लागि सधैँ बाध्यकारी हुनेछ। २. आलोपालो खाजा समय: संसद्‌मा जारी छलफल र कारबाही प्रभावित नहुने गरी खाजा वा अन्य समयका लागि सांसदहरूले पालैपालो व्यवस्था मिलाउनुपर्नेछ। ३. निर्णयार्थ पेस गर्दा अनिवार्य उपस्थिति: कुनै पनि विधेयक वा प्रस्ताव निर्णयार्थ सदनमा पेस हुने समयमा तोकिएका सबै माननीय सांसदहरूको अनिवार्य उपस्थिति हुनुपर्नेछ।



    radiomirmire radiomirmire    
  • २०८३ आश्विन ८, बिहीबार ०६:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP