• २०८३ कार्तिक ७ | Fri, 23 Oct 2026

  • नेपाली कांग्रेसको १५ औँ महाधिवेशन: दलित क्लस्टरबाट निरबहादुर विश्वकर्मा (विमल धमला) को केन्द्रीय सदस्यमा उम्मेदवारी

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशन: दलित क्लस्टरबाट निरबहादुर विश्वकर्मा (विमल धमला) को केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौँ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका महासचिव एवम् सामाजिक-राजनीतिक अभियन्ता निरबहादुर विश्वकर्मा ‘विमल धमला’ले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा दलित क्लस्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्।

    विगत तीन दशकदेखि कांग्रेसमा क्रियाशील धमला १३ औँ, १४ औँ र १५ औँ महाधिवेशनमा लगातार महाधिवेशन प्रतिनिधि चुनिएका हुन्। नेपाल दलित सङ्घका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका उनले यसअघि २०७६ को राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट कांग्रेसको तर्फबाट प्रतिस्पर्धा गरेका थिए।

    पार्टीलाई संस्थागत रूपमा बलियो बनाउँदै दलित र उत्पीडित वर्गका मुद्दाहरूलाई केन्द्रीय स्तरमा सशक्तरूपमा उठाउन आफूले उम्मेदवारी दिन लागेको धमलाले बताएका छन्।



    radiomirmire radiomirmire    
  • २०८३ आश्विन २०, मंगलवार ०६:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP