• २०८३ कार्तिक ७ | Fri, 23 Oct 2026

  • हावाहुरी र वर्षाका कारण नेपाली कांग्रेस महाधिवेशनको चौथो दिनको बन्द सत्र प्रभावित

    हावाहुरी र वर्षाका कारण नेपाली कांग्रेस महाधिवेशनको चौथो दिनको बन्द सत्र प्रभावित

    काठमाडौँ: नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चौथो दिन (बुधबार)का लागि तय गरिएको बन्द सत्र हावाहुरी र वर्षाका कारण प्रभावित बनेको छ।

    खुलामञ्चमा सञ्चालन भइरहेको बन्द सत्रमा बुधबार महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनहरूमाथि छलफल टुंग्याउँदै ती प्रस्ताव पारित गर्ने कार्यसूची थियो। तर, एकाएक आएको तीव्र हावाहुरी र ठूलो वर्षाका कारण खुलामञ्चमा प्रतिनिधिहरू उपस्थित हुन नसक्दा सत्र प्रभावित भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो।

    प्रवक्ता चालिसेका अनुसार सुरुमा बुधबार बिहान साढे १० बजेदेखि बन्द सत्र सुरु गर्ने तय गरिएको थियो। पछि खाजा समयपछि साढे ११ बजेदेखि सञ्चालन गर्ने तयारी गरिए पनि अकस्मात् मौसम बिग्रिएपछि कार्यक्रम सञ्चालनमा बाधा पुगेको हो।

    महाधिवेशनका लागि खुलामञ्चमा बन्द सत्र, भृकुटीमण्डपमा भोजनालय र राष्ट्रिय सभा गृहमा निर्वाचन समितिको कार्यालय खडा गरी काम भइरहेको छ। निर्वाचन समितिले बिहीबार बिहानदेखि मतदान गराउने गरी तयारी अगाडि बढाएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ आश्विन २१, बुधबार ०७:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP