काठमाडौँ, २७ कात्तिक — राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीश पदमा चार जनालाई नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिसमा उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई आज (शुक्रबार) सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन्।
राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बाग्चन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।
नियुक्त हुनुअघि डा. बाग्चन्द उच्च अदालत पोखराको मुख्य न्यायाधीशका रूपमा कार्यरत थिए। त्यस्तै, सारु उच्च अदालत पाटन, पाण्डे उच्च अदालत पाटन (हेटौँडा इजलास) र डाँगी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा न्यायाधीशका रूपमा कार्यरत थिए।
प्रतिक्रिया