सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा माइतीघरबाट पाँचजना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा रविकिरण हमालसमेत रहेका छन्।
प्रदर्शनकारीहरूले हालको राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै सर्वपक्षीय सरकार गठन भएपछि मात्र निर्वाचन हुनुपर्ने माग गरेका थिए। उनीहरूले ‘जेन–जीको माग चुनाव होइन, सुशासन हो’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।
प्रदर्शन शान्तिपूर्ण रहे पनि निषेधित क्षेत्रमा प्रदर्शन गरिएको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ। पक्राउ परेकाहरूको अवस्था र थप विवरणबारे प्रहरीले औपचारिक जानकारी दिएको छैन।
प्रतिक्रिया