• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • सूचना लुकाउन एकप्रति मात्रै पत्रिका छापेको आरोपमा सम्पादकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    सूचना लुकाउन एकप्रति मात्रै पत्रिका छापेको आरोपमा सम्पादकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    सडक कालोपत्रे गर्न बोलपत्र आह्वान सम्बन्धी सूचना लुकाउनका लागि नगरपालिकाका कर्मचारी र सम्पादकको मिलेमतामो एकप्रति मात्रै पत्रिका छापेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

    पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा र सहलेखापाल उपेन्द्रकुमार साह तथा जन प्रतिबिम्ब द्रनिकका प्रकाशक तथा सम्पादक सञ्जयकुमार साहविरुद्ध बुधबार विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।

    उनीहरूले सडक कालोपत्र गर्नका लागि बोलपत्र आह्वान सम्बन्धी सूचना लुकाउन एकप्रति मात्रै पत्रिका छापेर ६५ हजार रुपैयाँ हानी नोक्सानी पुर्‍याएको पाइएकाले मुद्दा दर्ता गरिएको प्रवक्ता अधिकारीको भनाइ छ।

    अख्तियारले विशेष अदालतमा दर्ता गरेको आरोपत्रमा बहुदरमाई नगरपालिका-२ बैरिया पानीटंकी प्रवेशद्वारदेखि पिपरा हुँदै महावीर साह माध्इमिक विद्यालयसम्म जाने सडक मर्मत गर्नुपर्ने कार्यका लागि बोलपत्रको सूचना लुकाएको आरोप छ। राष्ट्रिय वा स्थानीय स्तरको पत्रिकामा सूचना प्रकाशित गर्नुपर्नेमा उनीहरूले आफ्नो मान्छेलाई ठेक्का पार्न एकप्रति मात्रै पत्रिका प्रकाशित गरेको पाइएको अख्तियारको दाबी छ।

    त्यो सूचना प्रकाशित गरे वाफत जन प्रतिबिम्ब दैनिलाई ६५ हजार रुपैयाँ भुक्तानी भएको देखिएको छ। पत्रिकामा सूचना प्रकाशित नगरी नगराई झुट्टा बिल भरपाई बनाएर ६५ हजार रुपैयाँ हिनामिना गरेको अख्तियारको आरोप छ।

    अख्तियारले दायर गरेको आरोपपत्रमा तीनै जनाबाट बिगो असुल उपर गराउन माग दाबी गरेको छ।



    radiomirmire radiomirmire    
  • २०८२ पुष ९, बुधबार ०८:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP