• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • एक घण्टा पछि सर्‍यो एमाले सचिवालय बैठक

    एक घण्टा पछि सर्‍यो एमाले सचिवालय बैठक

    एघारौँ महाधिवेशन सुरु हुनु अघिल्लो दिन आज (शुक्रबार, मंसिर २६ गते) दिउँसो १ बजेका लागि बोलाइएको नेकपा एमालेको सचिवालय बैठक सरेको छ।

    एमाले उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार अब बैठक दिउँसो २ बजे बस्नेछ।

    ‘बैठक सरेको सूचना आयो,’ उपाध्यक्ष ज्ञवालीले नेपालखबरसँगभने, ‘(दिउँसो) २ बजे बस्छ भनिएको छ।’

    ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा सचिवालय बैठकमा एमालेको विधान संशोधन, महाधिवेशन तयारीलगायत एजेन्डामा छलफल हुनेछ।

    यसैबीच अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले भने सचिवालय बैठकमा विधान संशोधनको कुरा उठे २ कार्यकाल र ७० वर्षे उमेर हदको प्रावधान ब्युँताउने पर्ने प्रस्ताव लाने तयारी गरेको छ।

    गत सोमबारै सचिवालय बैठक राख्ने तयारीमा रहेका अध्यक्ष ओली वरिष्ठ उपाध्यक्ष पोखरलले अवधारणापत्र बुझाएकै कारण रोकिएका थिए।

    पोखरेल पक्षले सचिवालय बैठकमा अवधारणापत्रका विषयमा पनि कुरा उठाउने भएपछि उनले बैठक ३ दिनलाई स्थगन गरेका थिए।

    एमालेको सचिवालय बैठक एघारौँ महाधिवेशन उद्घाटनको अघिल्लो दिन बस्न लागेको हो। एमालेको ११ औँ महाधिवेशन भोलि शनिबार अर्थात् मंसिर २७ गते सुरु हुँदै छ।

    एमाले महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा हुनेछ भने बन्दसत्र मंसिर २८ र २९ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ।



    radiomirmire radiomirmire    
  • २०८२ मंसिर २६, शुक्रबार ०८:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP