नेपाली सेनाले रसुवामा बाढीका कारण अलपत्र परेका थप १८३ जनाको आज (आइतबार) बिहान सफल उद्धार गरेको छ। सेनाको हेलिकप्टरमार्फत टिमुरे, धुन्चे र हाकुबेँसी क्षेत्रबाट ४ जना चिनियाँ नागरिकसहित १८३ जनालाई बिहान ११ बजेसम्म सुरक्षित स्थानमा पुर्याइएको हो।
यसैगरी, भदौ १२ गतेदेखि त्रिशूली-३ जलविद्युत् आयोजनाको सुरुङमा थुनिएका श्रमिकहरूको उद्धार कार्यलाई अझ तीव्र पारिएको छ। ९३ जनाको संयुक्त एवं विशेषज्ञ टोली ड्रिलिङ मेसिन, स्काभेटर र हाइड्रोलिक कटरजस्ता आधुनिक उपकरणसहित घटनास्थलमा खटिएको छ। बाढीको बहाव घटेसँगै टनेलको प्रवेशद्वार खोजी गर्ने कार्य सुरु गरिएको सेनाले जनाएको छ।
बाढी पहिरोबाट प्रभावित विभिन्न जिल्लाहरूमा राहत तथा उद्धारका लागि हाल ८ हजार ४ सयभन्दा बढी सैनिक परिचालन गरिएको छ।
प्रतिक्रिया