• २०८३ कार्तिक ९ | Sun, 25 Oct 2026

  • रसुवा बाढी: नेपाली सेनाले ५ दिनमै देवीघाटमा हाल्यो ‘एक्रो ब्रिज’, आजदेखि पैदलयात्रा खुला

    रसुवा बाढी: नेपाली सेनाले ५ दिनमै देवीघाटमा हाल्यो ‘एक्रो ब्रिज’, आजदेखि पैदलयात्रा खुला

    रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोट र आसपासका क्षेत्रको यातायात सेवा पुनः सञ्चालनमा आउने भएको छ। नेपाली सेनाले देवीघाट क्षेत्रमा ५ दिन निरन्तर खटेर अस्थायी रूपमा ‘एक्रो ब्रिज’ जडान सम्पन्न गरेपछि आवतजावत सहज बनेको हो।

    प्रधानमन्त्री कार्यालयका अनुसार सेनाले बुधबार बेलुका पुल जडानको काम पूर्ण रूपमा सकेको हो। पुल निर्माण भएसँगै आज (बिहीबार) देखि पैदलयात्रीका लागि बाटो खुला गरिएको छ भने शुक्रबारदेखि साना-ठूला सवारीसाधन पनि सञ्चालनमा ल्याइने तयारी छ।

    पक्की पुल बाढीले बगाएपछि नुवाकोट तथा आसपासका क्षेत्रको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। सेनाले छोटो समयमै पुल तयार पारेपछि स्थानीय बासिन्दा, व्यापारी तथा यात्रुहरूले ठूलो राहत महसुस गरेका छन्।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र २५, बिहीबार ०६:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP