• २०८३ कार्तिक ८ | Sat, 24 Oct 2026

  • एमाले कार्यदलमा बादल र पोखरेलका बेग्लाबेग्लै प्रतिवेदन पेश, एकीकृत बनाउन आवासीय छलफल गरिने

    एमाले कार्यदलमा बादल र पोखरेलका बेग्लाबेग्लै प्रतिवेदन पेश, एकीकृत बनाउन आवासीय छलफल गरिने

    काठमाडौँ । नेकपा (एमाले)को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को बैठकमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलले दुई छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका छन्।

    बैठकले आज प्रस्तुत भएका दुवै प्रतिवेदनको अध्ययन गर्ने र भोलिदेखि आवासीय रूपमा बसेर छलफल गरी एउटै एकीकृत प्रतिवेदन तयार पार्ने निर्णय गरेको छ। सोही निर्णयसँगै आजको बैठक सम्पन्न भएको एमालेले जनाएको छ।

    पेश गरिएका प्रतिवेदनमा निर्वाचन पराजयको मुख्य जिम्मेवारीबारे दुई नेताको फरक-फरक मत देखिएको छ। उपाध्यक्ष बादलले तयार पारेको प्रतिवेदनमा निर्वाचन हार्नुमा अध्यक्ष केपी शर्मा ओलीको कुनै गल्ती नरहेको उल्लेख छ भने महासचिव पोखरेलको प्रतिवेदनमा भने पराजयका लागि अध्यक्ष ओली मुख्य जिम्मेवार रहेको निष्कर्ष निकालिएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र २६, शुक्रबार १०:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP