• २०८३ मंसिर ८ | Mon, 23 Nov 2026

  • जनकपुरधाम–अयोध्या साप्ताहिक रेल सेवा सञ्चालनमा स्वीकृति: प्रधानमन्त्री शाहको भारत भ्रमणको पूर्वसन्ध्यामा ऐतिहासिक निर्णय

    जनकपुरधाम–अयोध्या साप्ताहिक रेल सेवा सञ्चालनमा स्वीकृति: प्रधानमन्त्री शाहको भारत भ्रमणको पूर्वसन्ध्यामा ऐतिहासिक निर्णय

    मिति: २०८३ कार्तिक २९ गते, आइतबार

    प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी भइरहेका बेला भारतले नेपालको जनकपुरधाम र उत्तर प्रदेशको अयोध्या जोड्ने साप्ताहिक रेल सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। भारतीय रेल मन्त्रालयले शनिबार जनकपुरधामबाट अयोध्यासम्म रेल सेवा सञ्चालन गर्ने प्रस्तावलाई औपचारिक रूपमा स्वीकृति दिएको हो। प्रधानमन्त्री शाह आगामी मंसिर ६ गतेदेखि भारतको औपचारिक भ्रमणमा जाने तयारीमा छन्। उनको भ्रमणको पूर्वसन्ध्यामा दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले यी दुई प्रमुख तीर्थस्थललाई रेलमार्गबाट जोड्ने निर्णय गरिएको हो।

    भारतीय रेल मन्त्रालयका अनुसार जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म करिब ६०४ किलोमिटर दूरीमा सञ्चालन हुने यो रेल बिहार र उत्तर प्रदेशका विभिन्न सहर तथा बस्तीहरू हुँदै अयोध्या पुग्नेछ। स्वीकृत तालिकाअनुसार रेल प्रत्येक शनिबार जनकपुरधामबाट प्रस्थान गर्नेछ भने प्रत्येक सोमबार अयोध्या क्यान्टबाट जनकपुरधामका लागि छुट्नेछ। यस यात्राका क्रममा जयगनर, मधुबनी, सिसो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा रेलका बिसौनी रहनेछन्।

    रामायण सर्किटअन्तर्गत माता सीताको जन्मस्थल जनकपुरधाम र भगवान रामको जन्मस्थल अयोध्यालाई रेलमार्गबाट जोड्ने यस सेवाले सीमापार आवागमन सहज बनाउनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ। दुवै तीर्थस्थलको दर्शन गर्न जाने तीर्थयात्री र पर्यटकका साथै शिक्षा, व्यापार तथा पारिवारिक प्रयोजनले आवतजावत गर्ने यात्रुहरूलाई समेत यसले लाभ पुर्‍याउने भारतीय पक्षको विश्वास छ। रेल सेवा सञ्चालनमा आएपछि रेलमार्ग वरपरका पर्यटन व्यवसाय, होटल, स्थानीय व्यापार तथा परम्परागत हस्तकला उद्योगले समेत प्रत्यक्ष लाभ लिन सक्ने मन्त्रालयले जनाएको छ।

    यसअघि गत जुन महिनामा नेपाल र भारतका अधिकारीहरूबीच सीमापार रेल सञ्जाल विस्तार तथा जनकपुर–अयोध्या खण्डमा यात्रुवाहक रेल सेवा सञ्चालनबारे द्विपक्षीय छलफल भएको थियो। सोही क्रममा उठेका प्राविधिक तथा सञ्चालनसम्बन्धी व्यवस्थाहरू टुङ्ग्याउँदै भारतीय रेल मन्त्रालयले अहिले सेवा सञ्चालनको प्रस्तावलाई स्वीकृति दिएको हो। शताब्दीयौँ पुरानो सांस्कृतिक र ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै मन्त्रालयले यस नयाँ रेल सेवाले दुई देशबीचको सम्बन्ध र सीमापार यातायात सम्पर्क विस्तारलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेको छ।



    radiomirmire radiomirmire    
  • २०८३ कार्तिक ३०, आईतवार ०६:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP